गृहपृष्ठ Featured बाणगंगाका थप ६ जनामा कोरोना पुष्टि

बाणगंगाका थप ६ जनामा कोरोना पुष्टि

प्रकाशित मिति:

वाणगंगा नगरपालिकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाणगंगा नगरपालिका वडा न. १ र वडा न.४मा गरी ६जनमा कोरोना पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर १ कि २४ वर्षिय महिला, वडा नम्बर ४ का ३५, १३, २७ बर्षिय महिला र सोही वडाकै ९ बर्षिय बालक र ४२ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । यहि भदौ १७ गते ७४ जनाको स्वाब संकलन गरिएको थियो । जसमा ६ जनाको रिर्पोट पोजेटिभ आएको छ भने ६३ जनाको नेगेटिभ आएको हो । अझै ५ जनाको रिर्पाेट आएको छैन ।

आज थपिएका संक्रमित मध्ये वडा नम्बर १ कि महिला समुदाय स्तरकै संक्रमित रहेको र अन्य वडा नम्बर ४ जना भारतबाट आएको वाणगंगा स्वास्थ्य शाखाले जनाएको छ ।

यो संगै वाणगंगा नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको छ । जसमध्ये २६ जना मात्र सक्रिय संक्रमित रहेका छन् भने अन्य निको भैसकेका छन् ।

 

सम्बन्धित् समाचार