गृहपृष्ठ Featured बाणगंगाका मेयर थारु संक्रमितको मनोबल बढाउन स्वास्थ्यबर्द्वक औषधि लिएर घरदैलो गर्दै

बाणगंगाका मेयर थारु संक्रमितको मनोबल बढाउन स्वास्थ्यबर्द्वक औषधि लिएर घरदैलो गर्दै

कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु कोरोना संक्रमितहरुको घरदैलोमा स्वास्थ्य बद्धर्कऔषधि लिएर उनीहरुको मनोबल बढाउन अग्रसर भएका छन् । होम क्वारेन्टिनमा बसेकाहरुको मनोबल बढाउने र उनीहरुमा थप हौसला प्रदान गर्न नगर प्रमुख थारुले वडा न. १ देखि सुरु गरेका हुन्। शुक्रवार नगर प्रमुख थारु वडा न.१मा रहेका कोरोना संक्रमितहरुको घरघरमा स्वास्थ्य कर्मिहरुको टोलि सहित पुगेका छन् ।

कोरोना संक्रमितहरुको मनोबल बढाउन प्रमुख थारुले संक्रमितहरु बसेको घर घरमै गएर उनीहरुको समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने क्रम वडा नं. १ देखि सुरु गरिएको सोहि वडा का वडा अध्यक्ष बालकुमारी पन्तले बताईन ।

खासगरी संक्रमितहरुमा उच्च मनोबल आवश्यक पर्ने भएपछि नगर प्रमुख  होम क्वारेन्टिनमा बसेकाहरुको घरदैलोमा गएर आवश्यक परामर्श गर्ने, मनोबल बढाउने र छिटै निको भएर सामान्य जीवन यापन गर्नका लागि शुभकामना समेत दिने गरेको नगर प्रमुख थारुका स्वकिय सचिव गोविन्द प्रसाद आचार्यले जानकारि दिए ।

यसैवीच नगर प्रमुख थारुले संक्रमितका परिवारलाई समेत भेटेर परिवार र समाजले संक्रमितलाई गर्न सक्ने दुव्र्यवहार जस्ता कृयाकलाप अन्त्य गर्न समेत भूमिका खेलेका छन् ।
कोरोना जोखिमको बेला समेत होम क्वारेन्टिनमा बसेकाहरुको घर घरमा पुगेर नगर प्रमुख थारुले हौसला बढाउने काम गरेकोमा संक्रमित र तिनका परिवारले खुसी व्यक्त गरेका छन भने संक्रमितहरुले आफूहरुमा हौसला र थप आत्मविश्वास बढेको बताएका छन ।

सम्बन्धित् समाचार