गृहपृष्ठ खबर २४ घण्टामा थपिए १०३९ कोरोना सङ्क्रमित, ज्यान गुमाउनेको सङ्ख्या तीन सय ४५

२४ घण्टामा थपिए १०३९ कोरोना सङ्क्रमित, ज्यान गुमाउनेको सङ्ख्या तीन सय ४५

प्रकाशित मिति:
Nepal corona
Nepal corona

काठमाण्डौ : नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५४ हजार एक सय ५९ पुगेको छ । गएको २४ घण्टामा एक हजार ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार एक सय ६५ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । गएको २४ घण्टामा एक हजार एक सय ७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।

अब नेपालमा १५ हजार एक सय १७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । तीमध्ये जना आईसीयू र जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै ६ हजार पाँच सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

सम्बन्धित् समाचार