गृहपृष्ठ खबर २४ घण्टामा थपिए १०३९ कोरोना सङ्क्रमित, ज्यान गुमाउनेको सङ्ख्या तीन सय ४५

२४ घण्टामा थपिए १०३९ कोरोना सङ्क्रमित, ज्यान गुमाउनेको सङ्ख्या तीन सय ४५

Nepal corona
Nepal corona

काठमाण्डौ : नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५४ हजार एक सय ५९ पुगेको छ । गएको २४ घण्टामा एक हजार ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार एक सय ६५ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । गएको २४ घण्टामा एक हजार एक सय ७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।

अब नेपालमा १५ हजार एक सय १७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । तीमध्ये जना आईसीयू र जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै ६ हजार पाँच सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

सम्बन्धित् समाचार