गृहपृष्ठ खबर बिनायक सहकारीद्वारा आफ्ना कर्मचारी तथा सदस्यको कोरोना बिमा

बिनायक सहकारीद्वारा आफ्ना कर्मचारी तथा सदस्यको कोरोना बिमा

प्रकाशित मिति:

बाणगंगा नगरपालिका ४ चारनम्बर स्थित श्री बिनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य र कर्मचारीहरुको एक लाख बराबरको कोरोना बिमा गरेको छ ।
संस्थाले कोरोना महामारीलाई मध्यनजर गर्दैआफ्ना सेयर सदस्य लगायत २ जना कर्मचारीहरुको १ लाख बराबरको कोरोना सामुहिक बिमा गरेको संस्थाका अध्यक्ष राम प्रसाद गैरेले जानकारी दिनुभयो ।

कोभिड १९ को बिमा अवधि १५ दिन पछिबाट शुरु भई २०७८ अषाढ सम्म लागु हुनेछ र यस अवधिमा कुनै सदस्यमा कोरोना परीक्षणको नतिजा पोजेटिभ आएमा १ लाख नगद भुक्तानी गर्ने कुरा संस्थाका सचिव खिमानन्द पौडेलले बताउनु भयो ।

यस बिमा योजनामा समावेश भएका सेयर सदस्य र कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण भएको अवस्थामा यस योजनाले केही हदसम्म आर्थिक टेवा पुर्याउने अपेक्षका साथ यो कार्यक्रम ल्याइएको संस्थाले जनाएको छ ।
बिगत देखिनै संस्थाले आफ्ना सेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च बापत रु ३०,००० र नेपाल सरकारले निर्धारण गरेका घातक रोगहरुमा उपचार खर्च बापत रु १०,००० प्रदान गर्दै आइरहेको कुरा समेत संस्थाका सचिब खिमानन्द पौडेलले बताउनु भयो।
संस्थामा हाल ४०६ जना कृयासिल सदस्य रहेका छन ।

सम्बन्धित् समाचार