गृहपृष्ठ खबर थप ११७० जनामा कोरोना सङ्क्रमण, १५ जनाको मृत्यु

थप ११७० जनामा कोरोना सङ्क्रमण, १५ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाण्डौ : नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५५ हजार तीन सय २९ पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा आठ सय ७९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३९ हजार पाँच सय ७६ पुगेको छ ।

अब नेपालमा १५ हजार तीन सय ९३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये आईसीयूमा एक सय ७९ जना र भेन्टिलेटरमा २९ जना रहेका छन् । यस्तै ६ हजार आठ सय ९२ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

सम्बन्धित् समाचार