गृहपृष्ठ खबर एकैदिन थपिए १ हजार ४५९ कोरोना संक्रमित, ११ जनाको ज्यान गयो

एकैदिन थपिए १ हजार ४५९ कोरोना संक्रमित, ११ जनाको ज्यान गयो

प्रकाशित मिति:
Nepal corona
Nepal corona

काठमाण्डौ : नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५६ हजार सात सय ८८ पुगेको छ । गएको २४ घण्टामा एक हजार चार सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार तीन सय ७५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ५९ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार ६२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४० हजार ६ सय ३८ पुगेको छ ।

अब नेपालमा १५ हजार सात सय ७९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार दुई सय ५० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

सम्बन्धित् समाचार