अशोक पौडेल
अर्घाखाची जिल्लाको शितगंगा नगरपालिका वडा नः १३ का वडा अध्यक्षले आफनी श्रीमतिलाई सूचना लुकाएर जागिर खुवाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय बुटवलले छानविबन सुरु गरेको छ ।
सूचना लुकाएर आफनी श्रमितिलाई जागिर खुवाएको वैखरी अनलाइन मिडियाले खुलासा गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले छानबिन थालेको हो ।
भदौ २८ गते कार्यालयको एक टोली आएर नियुति प्रक्रियामा भए गरेका सम्पुर्ण कागजपत्र लिएर गएको स्रोतले बताएको छ ।
वडा नः १३ मा रहेको बुद्ध आधारभुत बिद्यालय देउरालीका प्रअ, ब्यवस्थापन समितिका अध्यक्ष र वडा अध्यक्ष मिलेर वडा अध्यक्षकी श्रीमतिलाईै जागिर खुवाएका छन ।








