गृहपृष्ठ खबर थपिए एकैदिन २ हजार २० कोरोना संक्रमित, मृतकको संख्या ३ सय ९० पुग्यो

थपिए एकैदिन २ हजार २० कोरोना संक्रमित, मृतकको संख्या ३ सय ९० पुग्यो

प्रकाशित मिति:
Nepal corona
Nepal corona

काठमाडौँ : नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबारबार प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ५३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ७१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

 

सम्बन्धित् समाचार