प्रदेश पाँचका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत अनुदान शिक्षकहरूले प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रदेशमा कार्यरत शिक्षण सिकाई सहयोग अनुदान शिक्षकहरूले आफूहरूले पाउनुपर्ने तलव(अनुदान) नेपाल सरकारबाट प्राप्त हुने रकम निकासा नभएको भन्दै समस्या समाधानका लागि सामाजिक विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
मुलुकमा विद्यमान कोरोना महामारीको कारण जनाउदै गत असार महिनामै निकासा हुनुपर्ने आफुहरूको रकम हालसम्म पनि उपलब्ध नभएका कारण सरकार आफैले निजी क्षेत्रमा कर्मचारीलाई कोरोनाको कारण देखाएर सेवाबाट वञ्चित नगराउन निर्देशन दिईरहेका वेला आफूहरूको सेवा सुविधा उपलब्धता सम्वन्धि हालसम्म कुनै सूचना प्राप्त नभएकाले आफुहरूले ध्यानाकर्षण गराएको अनुदान शिक्षक समिति प्रदेश पाँचका संयोजक नवराज शर्माले बताए । पहिलो चरणमा देशैभरिका शिक्षा विकास तथा समन्वय ईकाईमा ध्यानाकर्षण बुझाउने कार्यक्रम भइसकेको र दोस्रो चरणमा प्रदेशमा ध्यानाकर्षण गराउने कार्यक्रम अन्तरगत यो कार्यक्रम रहेको शर्माले बताए । त्यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई ध्यानाकर्षण गराउने कार्यक्रमसमेत रहेको उनले बताए । ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बरालले आफू सो विषयमा चिन्तित रहेको र सोका लागि आफूले सक्ने पहल गर्ने बताए ।
सामुदायिक विद्यालयमा रहेको शिक्षक अभाव कम गर्न २०७५ सालदेखि सरकारले माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयलाई शिक्षण सहयोग अनुदान भनी एकमुष्ट रकम प्रदान गर्दै आएको थियो । सोही अनुदानमा देशैभरिका सामुदायिक विद्यालयहरूका करिव ६ हजारको हाराहारीमा शिक्षकहरू कार्यरत रहेका बताईएको छ । गत असार मसान्तभित्र निकासा हुनुपर्ने उक्त रकम हालसम्म पनि निकासा गरिएको छैन । सो सम्बन्धि आधिकारिक जानकारी समेत उपलब्ध गराईएको छैन । सरकारले निजि क्षेत्र लाई कोरोना महामारीको वेला कुनै पनि व्यक्तिलाई उनीहरू कार्यरत क्षेत्रबाट हटाउन नपाईने र उनीहरूले पाएआएको सेवासुविधाबाट समेत वञ्चित गराउन नपाईने भनी निर्देशन दिईरहेको छ । तर आफैले फेरि यस प्रकार शिक्षकहरूले पाउनुपर्ने रकम निकासीका लागि वेखबर जस्तै छ । यस प्रकारको कार्यले देशभरका आफुहरूजस्ता शिक्षकहरू पिडामा रहेका छन् । पहिलो चरण र दोस्रो चरणमा ध्यानाकर्षण मात्र गराईएको र सरकार शिक्षासंग चिन्तित नै होला भन्ने आफूहरूको विश्वास रहेको र यदी सो हुन नसकेमा आफूहरू जस्तोसुकै कडा संघर्ष गर्न पछि नपर्ने अनुदान शिक्षक समिति कपिलवस्तुका संयोजक रेशम खरालले वैखरी अनलाइनलाई बताए ।