गृहपृष्ठ खबर २४ घण्टामा थपिए १४ सय ९७ संक्रमित, १७ जनाको मृत्यु

२४ घण्टामा थपिए १४ सय ९७ संक्रमित, १७ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ।

बललबउगचलब उयकत

त्यसैगरी २४ घण्टामा ४ सय ५७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५० हजार ४११ पुगेको छ। मन्त्रालयका अनुसार यो डिस्चार्ज हुनेको यो संख्या ७२ दशमलव ७ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा नेपालमा १७ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म नेपालमा पीसीआर परीक्षणको संख्या ९ लाख ५५ हजार ९२३ पुगेको छ ।

अहिले देशभर १८ हजार ४३७ संक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेशनमा हुनेको संख्या ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ रहेका छन् । क्वारेन्टाइनमा अहिले ६ हजार ५६५ जना रहेका छन्। २२३ जनाको आईसीयूमा उपचार भइराखेको छ भने २८ जनालाई भेन्टिलेटरमा राखिएको छ ।

मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ ।

 

सम्बन्धित् समाचार