गृहपृष्ठ खबर वाणगंगाकी एक कोरोना संक्रमित महिलाको मृत्यु

वाणगंगाकी एक कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल–बुटवलमा उपचार गराईरहेका कपिलवस्तुकी एकजना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। कपिलवस्तु बाणगंगा ११ की ७० वर्षीया महिलाको बेलुका साढे ५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

असोज ५ गते अस्पतालमा भर्ना भएकी उनमा मिर्गौलाको समस्या थियो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। आजै बिहान बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका २ जना संक्रमितको मृत्यु भएको थियो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षका पुरुष र नवलपरासी रामग्राम ३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनीहरु दुवैजनालाई ७ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो। असोज १ गते अस्पतालमा भर्ना भएका कपिलवस्तुका पुरुषको आज बिहीबार बिहान ७ बजे मृत्यु भएको हो। उनमा मधुमेह र मिर्गौलाको समस्या थियो।

नवलपरासी रामग्रामका पुरुष भदौ २७ गते अस्पतालमा भर्ना भएका थिए। उनमा कलेजोको समस्या थियो। उनको आज बिहीबार बिहान ४ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए।

 

सम्बन्धित् समाचार