गृहपृष्ठ Featured काग्रेसबाट वडा सदस्य हारेर कपिलवस्तुकी नेपाल प्रदेश सभा सदस्य

काग्रेसबाट वडा सदस्य हारेर कपिलवस्तुकी नेपाल प्रदेश सभा सदस्य

प्रकाशित मिति:

देशमा जारी राजनितिक उतारचढाबका बिच सत्तापक्ष होस् या प्रतिपक्ष होस् जुनसुकै राजनितिक दलमा पार्टीको सिद्धान्त भन्दा पहुँच र गुटबन्दी नै हावी भएको प्रष्ट पाइएकाे छ ।  यसले राजनितिक स्थिरतामा मात्र होईन प्रत्यक्ष सर्वसाधारण जनतामा दख्खल पुगेको छ । स्थानीय, प्रदेश मात्र होईन केन्द्रीय तह सम्म पनि नेपाली राजनितिमा यसले जरा गाडेको छ ।

 

जुनसुकै राजनितिक दलका नेता पनि पार्टीको सिद्धान्त तथा जनअपेक्षाको कुनै प्रवाह नगरी कुर्ची र पदका लागि जस्तो सुकै कार्य गर्न पनि पछाडी नहट्दा क्षमतावान र बरिष्ठ मानिने नेताहरुको स्थान पनि गुमेको छ ।

यस्तो खालको परिपाटी कपिलवस्तुमा जिल्लामा हावी भएको देख्न सकिन्छ ।

कपिलवस्तु नगरपालिका वडा न.१ मा वडा सदस्य पदमा पराजित रिना नेपाल प्रदेश न. ५ को प्रदेश सभा सदस्य भईन् ।

स्थानिय तहको निर्वाचनमा नेपाली कांगे्रसबाट वडा सदस्यमा उमेद्धार दिएकी उनी पराजित भईन् तर नेपाल राजनैतिक पहुँचका आधारमा उनी प्रदेश शभा सदस्य भएको बुझिएको छ ।

सम्बन्धित् समाचार