गृहपृष्ठ खबर तरुण दल र नेविसंघ कपिलवस्तुले कप्टैया जाने बाटाे ग्राभेल गरे, स्थानीय खुसी

तरुण दल र नेविसंघ कपिलवस्तुले कप्टैया जाने बाटाे ग्राभेल गरे, स्थानीय खुसी

प्रकाशित मिति:

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेविसंघ क्षेत्र नं. १ कपिलवस्तुद्वारा बाणगङ्गा नगरपालिका २ कप्टैयाको गाउँमा जाने बाटो ग्राभेल गरिएको छ। अझै सम्म ग्राभेल पनि नभएको भत्केको र बिग्रेर जनतालाई सामान्य हिडडुल गर्न समेत गाह्रो भएको ती ठाउहरुमा ग्राभेल राखेर बाटोलाई सुधार गरिएको नेविसंघका इकाई सभापति दिनेश क्षेत्रीले जानकारी दिए । करिब १ लाख भन्दा माथिको लागत लागेको उक्त ग्राभेल गर्ने योजना सम्पन्न गरिएको हो। गाउका जनता सधै हिलोमा हिड्नुपर्ने र बर्खायाममा बाइकहरु पनि जान नसक्ने उक्त ठाउँमा हिउदमा धुलोले बाटो नै पुरिने अवस्था रहेको थियो। यस्तो अवस्था आफुहरु स्वयमले देखेको र गाउँबाट पनि गुनासो आएपछि आफुहरु लागिपरेको तरुण दलका क्षेत्रीय सभापति तिलक थापाले बताए।

नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले विपिको सपना दुरदराजका गाउँ बस्तिमा जनता खुसी भएमा नै राष्ट्र खुसी रहने र आफुहरु विपिको सिद्धान्तलाई शिरोपर गर्दै समाजमा हुने हरेक दु:खसुखमा आफुहरु लागि परेको बताए ।

सरकारले गर्न सक्ने काम समेत तेरो मेरो भन्दै सामान्य रुपमा जनतालाई हिडडुल गर्न आवश्यक रहेको बाटो मा चाहिने ग्राभेल समेत गर्न नसक्नुमा दु:खद रहेको र नेविसंघ तरुण दलले यो कार्य गरेको बताए । सरकार भ्रस्टचारमा लिप्त रहेको छ।गर्न चाहे के हुदैन भन्दै आफुहरु आफ्नो खाजा खर्च कटाउदै विभिन्न व्यक्तित्वहरु सँगको सहयोगमा यो कार्यक्रम सम्पन्न गरिएको हाे ।

नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीले आफुहरु सधै समाजमा आइपर्ने समस्यामा लागिपरेको बताउदै बाटो ग्राभेल गर्ने काममा समेत नेपाली कांग्रेस, तरुण दल वडा, नगर, क्षेत्र र जिल्ला सङ्गै नेविसंघ क्षेत्र नं. १ का साथिहरुको आफ्नै सहयोगमा यो कार्यक्रम गरिएको बताउदै जनताले सामान्य आवस्यकताका कुराहरु खोजेका छन ती कुरामा हामिहरु लागि पर्छौ । हिजोका दिनमा नेतृत्व तहले राम्रो सङ्ग काम गरेको भए यो अवस्था नआउने बताउदै जिल्लाकै सुगम नगरपालिका भनेर चिनिने बाणगंगाको राजमार्ग नजिकै रहेको गाउमा ग्राभेल समेत हुन नसक्नु दु:खद रहेको र यसमा जनता आफै जागरुप हुनुपर्ने बताए ।

बाटो ग्राभेल भएपछि त्यहाका युवा त्यसैगरी त्यहाका बासिन्दाको अनुहारमा खुसी छाएको छ। नेविसंघ र तरुण दल सँगसँगै नेविसंघका चन्द्रकान्त पोख्रेल, दिनेश क्षेत्री, तरुण दलका शक्ति सिंह ठकुरी तिलक थापा लगायतलाई धन्यवाद ब्यक्त गर्दै गाउमा स्वागत गरिएको थियो।

गाउँका स्थानियहरु समेत सम्पूर्णले कामको प्रशंसा गरेका थिए। तरुण दल र नेविसंघ क्षेत्र नं.१ कपिलवस्तुले सामाजिक कार्यमा अभियान नै थालेको बेला उनिहरु हरेक क्षेत्रका समस्या समाधान गर्नतर्फ लागिपरेको पाइन्छ।

सम्बन्धित् समाचार