गृहपृष्ठ Featured छैठो सु्रक्षित गर्भपत दिवसका अवसरमा पत्रकारहरुसंग अन्तरक्रिया

छैठो सु्रक्षित गर्भपत दिवसका अवसरमा पत्रकारहरुसंग अन्तरक्रिया

प्रकाशित मिति:

कपिलवस्तु १० असोज ‘ सुरक्षित गर्भपत सेवाप्रति हाम्रो प्रतिबद्धता कोडिभ १९ को महामारीमा पनि सेवाको प्रतिबद्धता ’ भन्ने नाराकासाथ छैठो स्रक्षित गर्भपत दिवसका अवसरमा कपिलवस्तु्को तौलिहवा पत्रकारहरुसंग अन्तरक्रिया गरिएको छ । नेपाल परिवार नियोजन संघ कपिलवसतु शाखा र मेरी स्टोप्स तौलिहवा शाखको सहयोगमा कपिलवस्तु नगरपालिकाले अन्तरक्रिया संपन्न गरेको हो ।

सो अवसरमा संघका जिल्ला सभापति खग प्रसाद चापागाईले सुरक्षित गभर्एपत सेवा उपलब्ध भए भए पनि अहिले पनि असुरक्षित गर्भपतन गर्ने गरिएको बताए । उनले बिभिन्न औषधी र अन्य असुरक्षित तरिकाले गर्भपतन गराईदा महिलाहरुको ज्यान जोखिममा परेको उनले बताए । उनले सुरक्षित र मर्यादीत बन्नु पर्ने र अस्थायी साधान समेत प्रयोग गर्नु पर्नेमा जोड दिए । उता मेरी स्टाप्स तौलिहाव शाखाका संयोजक मनिँराम पाण्डेयले सरकारले तोकेको स्वास्थ्य सस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको बताए । उनले मेरी स्टोप्सको तौलिहवा र चन्द्रौटा शाखामा गत बर्ष २२ सय महिलाले गर्भपतन सेवा लिएको बताए । उनले अझै पनि थुप्रैले असुरक्षित गर्भपतन गराउने गरेको बताए । नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले प्रचारप्रसार र सचेतना बढाउनु पर्नेमा जोड दिए । उनले सुरक्षित गर्भपतन सेवा उपलब्ध रहे पनि लोकलाजका डरले अझै असुरक्षित गर्भपत गराउने गरिएका भन्दै त्यसलाइृ निरुत्साहीत गर्नु पर्ने बताए । १२ हप्ता सम्मका गर्भ महिलाको इृच्छा अन्सार सुरक्षित गर्भपतन गराउन पाउने प्रावधान छ ।स्वास्थ्य संयोजक गुप्ताको अध्यक्षता, सुष्मा आचार्यको संचालन भएको थियो । कार्यक्रममा २० पत्राकारहरुको सहभागिता थियो ।

सम्बन्धित् समाचार