गृहपृष्ठ Featured अनशनरत डा. केसीको जीवन रक्षाको माग गर्दै कपिलवस्तुको जितपुरमा प्रदर्शन

अनशनरत डा. केसीको जीवन रक्षाको माग गर्दै कपिलवस्तुको जितपुरमा प्रदर्शन

प्रकाशित मिति:

 

कपिलवस्तुको बाणगंगा नगरपालिकाको जितपुर चौंकमा डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै युवाहरुको धर्ना तथा प्रदर्शन गरेका छन् । चिकित्सा क्षेत्रमा सर्वसाधारणको पहुँच र सुधारको माग गर्दै आमरण अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै युवाहरुले धर्ना तथा प्रदर्शन गरेका हुन् ।

डा.गोविन्द केसी समर्थन समूहको आयोजनामा जिल्लाको वाणगंगा नगरपालिकाको जितपुर चौकमा सोमबार बिहान ८ बजे देखि युवाहरुले शान्तिपूर्वक धर्ना तथा प्रदर्शन सुरु गरेका हुन् ।

अनशनरत डा. केसीको अवस्था दिनप्रतिदिन बिग्रिदै गएको भन्दै युवा विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् । धर्ना कार्यक्रमको करिब २० जना युवाले सामूहिक नेतृत्व गरेका छन् ।

सरकारले डा. केसीको जीवन रक्षाको ग्यारेन्टी नगर्दासम्म धर्ना तथा प्रदर्शन कार्यक्रम दैनिक रुपमा संचालन गरिने आन्दोलनरत अगुवा युवा चन्द्रकान्त पोख्रेलले बताए । युवाहरुको धर्ना तथा प्रदर्शनप्रति स्थानीय विभिन्न संघ संस्थाहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।शान्तीपुर्ण प्रदशनमा सक्ती सिंह ठकुरी, तिलक थापा, निर्मल शर्मा, विशाल अधिकारी लगाएत दुई दर्जन बढि युवाहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित् समाचार