गृहपृष्ठ खबर कपिलवस्तुका डाक्टर विश्वकर्मा दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस

कपिलवस्तुका डाक्टर विश्वकर्मा दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस

प्रकाशित मिति:

काठमाण्डौ : सरकारले मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै सरकारले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतमा सिफारिस गरेको छ । यस्तै आज मात्रै मुख्य सचिवबाट राजीनामा दिएर स्वीकृत भएका लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूतमा सिफारिस गरिएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै सरकारले कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ ।

सम्बन्धित् समाचार