गृहपृष्ठ खबर काठमाडौं उपत्यकामा एकैदिन थप ९४३ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा एकैदिन थप ९४३ जनामा कोरोना पुष्टि

प्रकाशित मिति:

काठमाडौं : काठामडौं उपत्यकामा थप ९ सय ४३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा।जागेश्वर गौतमका अनुसार बिहीबार थप ९ सय ४३ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका ८ सय १७, भक्तपुरका ५८ जना र ललितपुरका ६८ जना छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९ सय ११ जना संक्रमित थपिएका छन्।

 

सम्बन्धित् समाचार