प्युठान : प्युठानको नौबहिनि गाउपालिकाले अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवसका अवसररमा सामाजिक क्षेत्रमा योगदान पुर्याउने ८५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । दिवसका अवसररमा समाजमा राजनीतिक क्षेत्रमा योगदान पुर्याउने सुर्यबहादुर केसि, देबिराम पुनमगर, ज्योतिस सुर्य बहादुर बिक, १ सय १० बर्षिय चनमति बुढा र साहित्य क्षेत्रमा काम गरेका देबेन्द्र कुमार रिजाल लाई कदर पत्र सहित दोसल्ला ओढाइ गाउपालिका अध्यक्ष शिबराज रिजालले सम्मान गरि बृद्वबृद्वालाई खुसि तुल्याएका छन।
अहिलेको अबस्थामा अग्रजको बिचार सल्लाहा आगामी दिनका लागि मार्गदर्शक बन्ने हुदा हरेक कार्य गर्दा वृद्ध तथा अग्रजहरुबाट सल्लाह सुझाब लिएर गरेको रिजालले बताए।