गृहपृष्ठ खबर २४ घण्टामा थपिए आजसम्मकै उच्‍च २७ सय २२ संक्रमित

२४ घण्टामा थपिए आजसम्मकै उच्‍च २७ सय २२ संक्रमित

प्रकाशित मिति:

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी २७ सय २२ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको छ।

२४ घण्टामा तीन हजार ३०७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र १६ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ७६० जनाको पीसीआर भएको छ । योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ४८ हजार ६८६ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ । होम आइसोलेशनमा ११ हजार ७६० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९ हजार ४७४ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

मन्त्रालयका अनुसार अहिले चार हजार ८८५ जना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयका अनुसार शुक्रबार थप ११ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, र डोल्पामा संक्रमितको संख्या शून्य छ।

 

सम्बन्धित् समाचार