कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ बैरियामा सुबिधा सम्पन्न अटो पार्टस पसल सञ्चालनमा आउने भएको छ । जिल्लामा बढ्दो सवारी साधनको माग भइ रहदा सवारी मर्मत तथा सभिर्स गर्नका लागि युनिक अटो पार्टस सञ्चालनमा आउन लागेको हो ।
बैरीयामा खुल्ने अटो पार्टसमा सबै कम्पनिका मोटर साईकल तथा स्कुटरका पार्टसहरु होलसेल तथा खुद्रा मुल्यमा बिक्रि हुने संचालक सुरेश केसीले बताए ।
उनले अबका दिनमा मोटर साईकल तथा स्कुटरका पार्टसका लागि बुटवल धाउन नपर्ने र जस्तो पार्टस आवश्यक परेता पनि युनिक बाटै उपलब्ध हुने समेत बताए ।
साथै सुपथ मुल्यमा मोटरसाइकल एक्सचेन्जको पनि ब्यवस्था रहेको अर्का सञ्चालक शसांक पौडेलले वैखरी अनलाइनलाई बताए ।