कपिलवस्तुको बाणगंगा नगरपालिकामा गोही भेटीएको छ । नगरपालिकाको वडा नः २ कोठी नदीमा गोही भेटीएको हो ।
गोही भेटीएपछि नदिमा प्रवेशका लागी नगरपालिकाले रोक लगाएको छ ।

नदीमा स्थानियले गोही देखेर प्रशासनलाई खबर गरेपछि वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेलको नेतृत्वमा अाज गएको टोलीले पनि गोही देखेको थियो । गोही ठुलै भएकाले नदीमा नजान अध्यक्ष पौडेलले आग्रह गरेका छन ।
गोहीलाई कहाँ राख्ने वा लैजाने भन्ने बिषयमा सरोकारवालासगं छलफल भई रहेको अध्यक्ष पौडेलले बताए ।








