गृहपृष्ठ Featured कपिलवस्तुका सरोकारवाला भन्छन “केन्द्रमा पहुच र दम भएको नेता जिल्लामा भएनन्”

कपिलवस्तुका सरोकारवाला भन्छन “केन्द्रमा पहुच र दम भएको नेता जिल्लामा भएनन्”

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाका सरोकारवालाले केन्द्रमा कपिलवस्तुका कुनै पनि नेताको राम्रो पहुच र दम नहुनाले जिल्ला पछि परेको बताएका छन । जिल्लाको बाणगंगा नगरपालिकाको चार नः जितपुरमा भएको कार्यक्रममा बोल्दै सरोकारवालाले जिल्लामा नेताको केन्द्रमा राम्रो पहुच र दम नभएकाले जिल्ला सदैव पछि परेको बताएका हुन ।

 


जिल्लामा २÷३ पटक सम्म मन्त्री भई सकेका नेताहरुको पनि केन्द्रमा पहुच नपुग्नु दुखत भएकोमा उनीहरुले जोड दिए ।
कपिलवस्तु स्थायी राजधानी अभियान संघर्ष समितिले राखेको कार्यक्रममा बोल्ने सरोकारवालाले कपिलवस्तुलाई हेर्ने केन्द्रको चश्मा फेर्नु पर्नेमा जोड दिएका छन ।

कार्यक्रममा बोल्दै प्रदेश सासंद रिना नेपालले कपिलवस्तुलाई सदैव हेप्ने प्रवृतिको अन्त्य गर्न आवश्यक रहेको बताउदै सरोकारवालाले त्यसको नेतृत्व गर्न आवश्यक रहेको बताइन ।

त्यस्तै प्रदेश सासंद माला गोतामेले प्रदेशको राजधानी कपिलवस्तुनै हुनुपर्नेमा वोड दिएकि छन । त्यस्तै प्रदेश सासंद रुन्दावती शर्मा र शान्तीदेवि बर्माले एतिहासिक महत्व बोकेको कपिलवस्तु प्रदेशको राजधानी बनाउन उपयुतm रहदा रहदै पनि जनताको मर्म बिपरित प्रदेशको राजधानी भाुलबाङ बनाउने निर्णय उचित नभएको बताइन ।

कार्यक्रममा नेपाली काग्रेसका नेता सुरेश शर्माले भालुबाङको पक्षमा मतदान नगर्न कपिलवस्तुका काग्रेंसका प्रदेश सासंदहरु आग्रह गरेका छन ।

त्यस्तै अन्तरसंवादमा राजधानी अभियान्ताका संंयोजक पोम नारायण पौडेल, गिता अन्जान, बिष्णु प्रसाद न्यौपाने, कपिलवस्तु उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, प्रध्यापक रोमाकान्त घिमिरे, बरिष्ठ समाजसेवि दोलकराम घिमिरे, त्रिलोचन घिमिरे, पत्रकार भेषराज पाण्डे, अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार