गृहपृष्ठ Featured डरलाग्दो दुघर्टनाको गाडि, स्थानिय त्रसित, जिम्मेवार को ?

डरलाग्दो दुघर्टनाको गाडि, स्थानिय त्रसित, जिम्मेवार को ?

प्रकाशित मिति:

 

कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरण जितपुर वितरण केन्द्रको जीप बगाएको थियो । डरलाग्दो दुघर्टना भएको एतिका दिन वितिसक्दा पनि प्राधिकरणको गाडि कोईलि खोलाको छेउमा बाटोको नजिकै हुदाँ स्थानि त्रसित भएका छन् ।

असोज ७ गते बुधवार भएको घटनामा तिन जनाले ज्यान गुमाउनु परेको थियो । यसरि भयानक दुघर्टना पश्चात नेपाल प्रहरि, नेपालि सेना र शसस्त्र प्रहरि लगायत गोताखोर हरुको अथक प्रयास पछि तिन जनाको सव र प्राधिकरणको गाडि फेला परेको थियो । उसै दिन बिहान कोईलि नदिले एउटा मोटरसाईकल पनि बगाएको थियो । अप्रिय घटनाको १२ दिन बितिसकेको छ दुघर्टना बाट निकालियको गाडि जस्ताको त्यस्तै बाटोको छेउमा छ ।

तिन जनाको ज्यानलिने गरि भएको दुघर्टनाको गाडिको हालत हेर्दा त्रसित भएका स्थानिय तथा आवत जावत गर्ने सबैले गैर जिम्मेवार प्रसासन र सरकारी सम्पतिको बिजोग भएको बताउँ छन् । सरकारि गाडि भएकाले यस्तो भएको हो एक स्थानियले भने । यदि कोहि व्यक्तिको भए आज सम्म रहने थिएन कसैलाई सरकारी सम्पतिको माया छैन भने पनि यो बाटोको छेउबाट हटाईयोस भन्ने चाहन्छै उनले भने ।

यसै बिच तैलिहवा वितरण केन्द्र प्रमुख जय कुमार यादवले हाम्रो जिल्लाको सबै प्राधिकरण शोकमा भएकोले बाटोको गाडि हटाउन केहि समय लागेको बताए छन् । उनले भने प्रदेश बाट क्रेन मगाएका छौ, बन्दले गर्दा आउन नसकेको भन्दै अबका एक दुई दिनमा दुघर्टना भएको गाडि त्यहाँ नरहने जानकारि दिए । यस्तो जसलाई पनि पर्न सक्छ त्यसैले यो दुःखद घडिमा कसैले अनावश्यक टिका टिप्पणि नर्गन आग्रह गरेका छन् ।

वाणगंगा नगरपालिका ९ भलवाडमा विद्युत मर्मत गरी फर्किने क्रममा बा १ ञ १०८९ नम्बरको जिप बगाएको हो । मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका उपल्लो तम्घास निवासी विद्युत् प्राधिकरणका सवारी चालक माधव पाण्डे, प्राधिकरण जीतपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र अर्घाखाँचीका केशव भाट क्षेत्रि रहेका थिए । जिपमा ४ जना कर्मचारी र २ जना सर्वसाधारण चढेका थिए । २ कर्मचारी र १ सर्वसाधारण पौडी खेलेर निस्किन सफल भएर ज्यान बचाएका थिए ।

सम्बन्धित् समाचार