गृहपृष्ठ Featured प्रदेश ५ को राजधानी कपिलवस्तुमा माग गर्दै युवाहरुद्धारा राँके जुलुस प्रर्दशन

प्रदेश ५ को राजधानी कपिलवस्तुमा माग गर्दै युवाहरुद्धारा राँके जुलुस प्रर्दशन

प्रकाशित मिति:

प्रदेश ५ को राजधानी कपिलवस्तुमा हुनुपर्ने माग राख्दै युवाहरुले राँके जुलुस तथा प्रदर्शन गरेका छन् । बुटवलमा आन्दोलन र दाङमा दीप प्रज्वलन भइरहदा बिचको जिल्ला कपिलवस्तुमा भने राजधानीको माग गर्दै प्रदर्शन भएको गरेका हुन् ।

राके जुलुस वाणगंगा ८ बोडगाउँ चोकबाट शुरु भएर चप्पर गाउँसम्म पुगेर पुन फर्किएर बोडगाँउ चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा युवाहरुले प्राचीन कालमा सुद्दोधन राजा हुँदा पनि लुम्बिनीको राजधानी कपिलवस्तु भएको र आहिले पनि कपिलवस्तु बुद्धको अस्तित्त्व जोगाउन भएपनि राजधानी हुनुपर्ने विचार राखे ।

कार्यक्रममा बोल्दै वाणगंगा क्याम्पसका स्ववियु सभापति, तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, काँग्रेस नेता दालक राम घिमिरे लगायतले कपिलवस्तुका जनप्रतिनिधिको आलोचना गर्दै जिल्ला प्रति उत्तरदायी नभएको आरोप लगाएका थिए ।

दाङ र बुटवलको लड़ाईको अन्त्य नै कपिलवस्तुलाई राजधानी बनाउनु हो । आईतबार बाणगंगा नगरपालिका ८ बोडगाउँमा भएको राँके जुलुसमा करिब २ सय युवाहरु सहभागी भएका थिए ।

सम्बन्धित् समाचार