गृहपृष्ठ खबर संक्रमितको संख्या ९० हजार नाघ्यो, थपिए एकैदिन १५ सय ५१ संक्रमित

संक्रमितको संख्या ९० हजार नाघ्यो, थपिए एकैदिन १५ सय ५१ संक्रमित

प्रकाशित मिति:

काठमाडौं : नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमितको संख्या ९० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १५ सय ५१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

२२ हजार ७०९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन् भने होम आइसोलेसनमा १३ हजार ५९१ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ४७ नमूनाको पीसीआर परीक्षण भएको छ। मंगलबार २३ सय ४० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ।

नेपालमा कोरोनाबाट ५६३ जनाको मृत्यु भएको छ। मंगलबार ९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। सोमबार मात्रै १९ जनाको मृत्यु भएको थियो।

 

सम्बन्धित् समाचार