
जगदम्बा मोटर्सले टिभिएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानकारी दिएको छ। जगदम्बा मोटर्सले नेपालमा पहिलो स्मार्ट कनेक्ट सहितको पावरफुल स्कुटर भित्र्याएकाे जनाएको छ। हाल यो स्कुटर विभिन्न तीन भेरियन्टमा उपलब्ध छ।
ड्रम ब्रेक, डिस्क ब्रेक र रेस एडिसन गरी तीन भेरियन्टमा रहेको यो स्कुटर महिला वर्गमा मात्र होइन युवा तथा जुनसुकै उमेर समूहका चालकलाई सुहाउँदो रहेको कम्पनीको दाबी छ। नेपालमा १२५ सिसी सेग्मेन्टमा सर्वाधिक सफल स्कुटर एनटर्क १२५ सिसी सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा आर्कषक आवरणका कारण चर्चामा रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसैगरि कपिलवस्तुको बाणगंगामा रहेको टि भि एस स्वरुममा पनि यो स्कुटर आईसकेको र धमाधम बिक्रि भईरहेको संचालक मनोज पौडेलले वैखरी लाई जानकारी दिए । साथै अन्य विभिन्न टि भि एसका बाईक तथा स्कुटिहरु सुपथ मुल्यमा बिक्रि भएको पनि उनले जानकारी दिए ।
यसमा सेग्मेन्टमा नै पहिलो स्मार्ट कनेक्ट फिचर दिएको छ। जसमा चालकलाई हेल्मेट वार्निङ, ब्लुटुथ कनेक्ट, कल अलर्ट, एमएस अलर्ट, जिपिएस, टर्न बाइ टर्न नेभिगेसन जस्ता की फिचर रहेको छ। एनटर्क १२५ मा १२४.७ सिसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ। यसले ९.५ पिएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ।
यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सिसीको भन्दा केही धेरै र १५० सिसीभन्दा केही मात्र कम हो। दसैं तिहारलाई लक्षित गर्दै कम्पनीले ‘टिभिएस दसैंको आशा’ योजना पनि ल्याएको छ। ग्राहकले टिएिस मोटरसाइकल खरिदमा नौ हजार र स्कुटरको खरिदमा सात हजार नगद छुट पाउनेछन्। साथै शून्य प्रतिशत ब्याजमा फाइनान्सको सुविधा पनि रहेको र एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत आरआर ३१० मोटरसाइकल पनि जित्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।