गृहपृष्ठ खबर एकैदिन थपिए ४ हजार ३६४ कोरोना संक्रमित, २६७५ जना डिस्चार्ज

एकैदिन थपिए ४ हजार ३६४ कोरोना संक्रमित, २६७५ जना डिस्चार्ज

प्रकाशित मिति:
Nepal corona
Nepal corona

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा बिहीबार थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९८ हजार ६१७ संक्रमितको संख्या पुगेको जनाए ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २६ हजार ६८४ जना रहेको छ । बुधबार ३ हजार ४३९ संक्रमित थपिएका थिए । २४ घन्टामा १८ हजार ४७३ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ६७५ रहेको छ ।

 

 

सम्बन्धित् समाचार