गृहपृष्ठ Featured बुद्धभूमीको बरकुलपुरमा होम­स्टे भवन शिलान्यास

बुद्धभूमीको बरकुलपुरमा होम­स्टे भवन शिलान्यास

प्रकाशित मिति:

“बरकुलपुर होम­स्टे खुशीयाली नमुना गाउँ हामी सबै मिलि आफै बनाऔ स्थानीय हस्तकलाका सामग्रीमा रमाउदै तालका ताजा माछा खाऔँ ” भन्ने मूल नाराका साथमा आज बुद्धभूमी नगरपालिका ९ वरकुलपुरमा स्थानिय हस्तकलाका सामग्री निर्माण संकलन केन्द्र भवनको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ । स्थानिय स्तरमा निर्माण भएको हस्तकलाका सामग्रीहरुको बजारीकरण,व्यवस्थापनका लागि संकलन केन्द्रको भवनको शीलान्यासन बुद्धभूमी नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठले गर्नु भएको हो ।


बरकुलपुर नमूना गाउँका अध्यक्ष पुरन थारुको अध्यक्षतामा संचालन भएको शिलान्यास कार्यक्रममा बुद्धभूमी नगरपालिका ९ नम्बर वडा वडाध्यक्ष खुमानन्द न्यौपाने, व्यपार संघका अध्यक्ष माहादेख पोखरेल, हाटेल व्यवसायिक संघका उपाध्यक्ष लेखनाथ, मानव अधिकार प्रतिष्ठान शिवराजका अध्यक्ष विष्णु खतिवडा,हरियाली सामुदायिक बनका अध्यक्ष चन्द्रमान थारु , किर्डाक नेपाल जिल्ला संयोजक हरी प्रसाद लौडारी,कार्यक्रम अधिकृत श्री बहादुर भण्डारी,स्वाबलम्बन समुह,आशा संजाल,टोल विकास संस्था,लगाएत स्थानियको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

बरकुलपुर नमूना गाउँको आयोजकत्वमा संचालन भएको कार्यक्रममा बुद्धभूमी नगरपालिका,९ नम्बर वडा कार्यालयको समन्वय,स्ट्रोम फाउण्डेसन,किर्डाक नेपाल र हरीयाली सामुदायिक बन उपभोक्ता समुहको आर्थिक सहयोगमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि शिलान्यास कार्यक्रमको आयोजना गरिएको हो । भवनको शिलान्यस संगै बरकुलपुरका ६ वटा होम स्टे लाई स्ट्रोम फाउण्डेसन,किर्डाक नेपालको सहयोगमा होम स्टेका सामग्रीहरु वितरण संगै संचालनमा होम स्टेको अनुगमन गरिएको छ । शीलान्यास कार्यक्रम संगै स्थानिय हस्तकलाको सामग्रीहरुको व्यवस्थानि,बजारीकरणका लागि चन्द्रमान थारुको नेतृत्वमा ११ सदस्यीय व्यवसायको स्तर वृद्धि र बजार व्यवस्थापन संजाल गठन भएको छ ।

किर्डाक नेपालले गरेको यो सहयोग सुरुवात मात्र हो यस बरकुलपुर गाउँलाई अझै राम्रो बनाउन तथा नमूना गाउँ बनाउनका लागि सबै स्थानियहरु आफै लाग्नु पर्ने यस गाउँलाई नमुना बनाउनका लागि किर्डाक नेपालले पनि सहयोग गर्ने प्रतिवद्धता जिल्ला संयोजक हरी प्रसाद लौडारीले बताउनुु भएको छ । गाउँ नमूना बनाउनलाई मान्छे नमुना हुन पर्ने बताउदै बुद्धभूमी नगरपालिका वडा नं ९ वडाध्यक्षले यस बरकुलपुरमा नमूना गाउँ निर्माणका लागि वडा कार्यालयले पनि यसलाई अभियानकै रुपमा लिने र वडा कार्यालय पनि संगसगै हातेमालो गरेर जाने बताउनु भयो ।

स्थानिय स्तरमा उत्पादन भएका सामग्रीहरुको स्तोरन्नती गरी आवश्यक बजारीकरणका लागि व्यापार संघले आवश्यक परेमा सहयोग गर्ने अध्यक्ष माहादेव पोखरेलले बताउनु भएको छ । बुद्धभूमी नगरपालिकाको बरकुलपुरमा संचालन भएको यो नमूना गाउँको,होम स्टे तथा स्थानिय हस्तकलाका सामग्री प्रवद्धनका संचालन गरिएको कामहरुको उच्च मूल्याकंन गर्दै यस बरकुलपुरमा संचालन गरेको नमूना गाउँ,होम स्टे लगाएत हस्तकलाका सामग्रीहरु निर्माणको सिकाई अन्य स्थानिय तहले पनी सिको गर्नु पर्ने भन्दै यसमा थप सहयोगका लागि नगरपालिकाबाट पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको छ ।

सम्बन्धित् समाचार