गृहपृष्ठ Featured हाँस्य शृङ्खला ‘टेन्सन साफ’ दार्जीलिंगबाट प्रशारण ,

हाँस्य शृङ्खला ‘टेन्सन साफ’ दार्जीलिंगबाट प्रशारण ,

प्रकाशित मिति:

हाँस्य शृङ्खला टेन्सन साफ मार्फत अहिलेको  माहोल अनि टेन्सनलाई केही हदसम्म भएपनि पार लगाउन हाँस्य कलाकार गोपाल ढकाल छन्देले टेन्सन साफको कन्सेप्ट ल्याउनुभएको छ्।


समसामयिक बिषयलाई उजागर गर्ने उदेश्यले शृङ्खला टेन्सन साफ का केहि भागहरु मकवानपुरको मनहरी २ मेलटोल वरिपरि सुटिङ सम्पन्न गरिएको छ भने आगामी दिनहरुमा सिरियलको छायाँकन धरान,नवलपरासी,काभ्रे,काठमांडौ बुटवल कपिलबस्तु लगाएतका जिल्लाहरुमा पनि सुटिङ गरिने कुरा ढकाल ले बताउनुभएको छ्,


एभरग्रीन वल्र्डवाईड ईन्टरटेन्मेन्ट प्रालि को प्रस्तुती मा निर्मित यस समसामयिक हाँस्य टेलिसिरियलमा
लेखन, निर्देशन,सम्पादन तथा गीत गोपाल ढकाल छन्देको रहेको छ भने
यसको अलवा गीतमा स्वर भर्न र अभिनयमा समेत ढकाल सक्रिय रहेका छन् .
शीर्ष गीत गायन कृष्ण भट्टराई को रहेको छ भने टेन्सन साफमा
छाँयाकार हर्कमान वाईवा (रिदम),श्रृंगार  अनु अधिकारी,युमिषा पाण्डे संगीत,पाश्र्व सङ्गित बैकुण्ठ अधिकारी  स्वर कृष्ण भट्टराइ ,गोपाल ढकाल छन्दे,हर्कमान वाईवा (रिदम),उद्धब प्रसाद भट्टराई,गीता
नेपाल,निर्माता हर्कमान वाईवा (रिदम),रबिन भुसाल (कडा),पोस्टर डिजाइन
डिजाईन,भि एफ एक्स दिन्सन शाहको रहेको छ भने  कलाकारिता तर्फ श्याम राई,उद्घव प्रसाद भट्टराइ,प्रेम पाण्डे,गोपाल ढकाल छन्दे,गीता नेपाल,रोहित कार्की,प्रमिला राई,हर्कमान वाईवा(रिदम),रबिन भुसाल(कडा),आशिकाअधिकारी,अनुअधिकारी,युमिशा पाण्डे ,आदि छन .

टेन्सन साफ युटुब छन्दे च्यानल मार्फत प्रशारण भईरहेको निर्देसक गोपाल ढकाल छन्देले जानकारी दिए .हाल यो सिरियललाई
दार्जीलिंग टिस्टा रङ्गित टेलिभिजनले हरेक हप्ता सोमबार र पुन:
प्रशारण बिहिबार गदैआएको छ . दशैँ लगत्तै बाकी सुटिङ गर्ने कुरा
र सिरियलको बारेमा पछील्लो पटक नेपाल भारत र् विश्वभर बाट नै सकारात्मक समिक्षा पाइरहेको ढकाल बताउनुहुन्छ ।

सम्बन्धित् समाचार