गृहपृष्ठ खबर बाणगंगा-११ मा वक्तृत्वकला प्रतियोगिता ,हेमराज मावि प्रथम,लिटल स्टार मावि द्वितीय

बाणगंगा-११ मा वक्तृत्वकला प्रतियोगिता ,हेमराज मावि प्रथम,लिटल स्टार मावि द्वितीय

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ११ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वडा कार्यलयको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा हेमराज माध्यमिक विद्यालयकी अर्चना आचार्य प्रथम, हथौसा लिटिल स्टार बोर्डिङ स्कुलका राम कृष्ण अधिकारी द्वितीय र हेमराज माविकै सचिन गैरेले तृतीय स्थान हाँसिल गर्न सफल भएका छन । बालबालिकामा कोरोनाका कारण परेको असर शीर्षकमा प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै उपसचिव बाबुराम भट्टराईले बालबालिकाको क्षमता पहिचानमा विद्यालय र वडाकाे ठुलो भूमिका रहने बताउदै क्षमताकै आधारमा बिद्यार्थीलाई लक्ष्य निर्धारण गर्न आग्रह गरेका छन् । त्यस्तै वडा नः ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले बालबालिकाको बिकास र क्षमताले वडाको भविष्यमा प्रभाव पार्ने भएकाले यसप्रति वडा कार्यलय गम्भीर रहेको समेत बताए । कार्यक्रममा बाणगंगा नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसि, वडा प्रतिनिधि, वडा सदस्य, वडा सचिव राम प्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो । प्रतियोगिता वडा बाल सहजकर्ता उदयराज तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार