गृहपृष्ठ खबर कोरोना भाइरसबाट थप १८ जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या ६ सय ६३

कोरोना भाइरसबाट थप १८ जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या ६ सय ६३

प्रकाशित मिति:

काठमाडौं, २७ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा थप १८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

देशमा आज थप ३ हजार ५ सय ५६ जना संक्रमित भएका छन् । आज १५ सय ३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म देशमा कुल एक लाख १५ हजार ३ सय ५८ संक्रमित संख्या

छ । कुल सक्रिय संक्रमित संख्या ३५ हजार ९ सय १५ छ । ७८ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित् समाचार