गृहपृष्ठ खबर डिस्चार्ज हुनेको संख्या ८० हजार नाघ्यो, एकैदिन २ हजार ६३८ नयाँ सङ्क्रमित थपिए

डिस्चार्ज हुनेको संख्या ८० हजार नाघ्यो, एकैदिन २ हजार ६३८ नयाँ सङ्क्रमित थपिए

प्रकाशित मिति:

काठमाण्डौ : नेपालमा कोभिड–१९ ९कोरोना भाइरस० का सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार नौ सय ९६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार दुई हजार ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३ हजार नौ सय ४७ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय ७४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८० हजार नौ सय ५४ पुगेको छ ।

अब नेपालमा ३६ हजार तीन सय ६७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ७५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

सम्बन्धित् समाचार