सरकारले कात्तिक ८ गतेबाट क्लिन फिड लागू गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाएको थियो । त्यो भन्दा एक दिन पहिले नै नेपालको लागी Zee Entertainment Enterprise limited को अधिकारीक डिस्ट्रीब्युटर्स DMB Holdings Pvt.Ltd ले Zee च्यानल मार्फत प्रसारण हुने सबै च्यानलहरु सेटेलाइट मार्फत पहिलो पटक नेपालमा प्रशारण गरिसकेको DMB Holdings Pvt.Ltd की Chief Marketing अफिसर मिना रानाले वैखरीलाई बताउनु भएको छ्।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरूङले क्लिनफिड लागू हुने जानकारी दिनुभएको थियो। वहाँँले
कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै शुक्रबारबाट नेपालमा विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्नुपर्ने कुरा बताउनुभएको थियो ,साथै, विदेशी विज्ञापनहरूमा डबिङ गरी प्रसारण गर्न नपाइने समेत जानकारी गराउनुभएको हो। नेपाल सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार क्लिन-फिड लागू गरिएको हो।
त्यस्तै, विदेशी च्यानलहरूसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले एक वर्षभित्रमा क्लिनफिड लागू गर्नुपर्ने भएको पनि वँहाले बताउनुभएको थियो।
सरकारले कात्तिक ८ गतेबाट क्लिन फिड लागू गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाएको थियो। संसदबाट क्लिन फिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भनी सरोकारवालाले असन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाएसङ्गै भारतीय च्यानल Zee Network को यो प्रकृयाले सबै कुरा सहजै सम्भब हुने देखिएको छ ।
लामो समयदेखी नेपालमा बहुचर्चित अन्तरास्ट्रिय टेलीभिजन च्यानल HBO लगाएतका केही च्यानल हरु पूर्ण: क्लिनफिड मै सन्चालित थिए।
नेपालका लागी HBO, Cebeebies लगाएतका च्यानलहरुको डिस्ट्रीब्युटर्स UBP प्राईम प्राइभेट लिमिटेड का डाइरेक्टर राजेश देब प्रधान हुनुहुन्छ.
नेपाल सरकार ले डेडलाइन गरेको मिती भन्दा एक दिन पहिला नै Zee नेट्वोर्क ले सफलता पूर्वक क्लिनफिड पद्द्तीमार्फत प्रशारण् गरेसङ्गै अब नेपालमा बिज्ञापन लाई पनि पैसा तिरेर हेर्नुपर्ने सिस्टम को अन्त्य हुने भएको छ।
Zee इन्टरटेनमेन्ट बन्यो नेपालको लागी पहिलो हिन्दी क्लिनफिड च्यानल
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज नागपञ्चमी पर्व मनाइँदै
१० घण्टा अघि








