गृहपृष्ठ खबर बैंगलोरको शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर, चेन्नईले हरायो

बैंगलोरको शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर, चेन्नईले हरायो

काठमाडौं : यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी २० क्रिकेटमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरको शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर भएको छ । बैंगलोर महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्ससँग ८ विकेटले पराजित भएसँगै शीर्ष स्थानमा पुग्न असफल भएको हो ।

आइतबार भएको खेलमा विजयका लागि पाएको १४६ रनको चुनौती चेन्नईले १८ ओभर ४ बलमै २ विकेट गुमाएर पूरा गर्‍यो । रितुराज गाइकवाडले अविजित ६५ तथा अम्बाटी रायुडुले ३९ रन बनाए ।

यसअघि, खेलमा टस जितेर बैंगलोरले पहिले ब्याटिङ गर्दै विराट कोहलीको ५० तथा एबीडे भिलियर्सको ३९ रनको मद्दतले ६ विकेटको क्षतिको १४५ रन बनाएको थियो । साम कुरानले ३ विकेट लिए ।

११ खेलबाट १४ अंक जोडेको बैंगलोर यो खेल जितेर ‘प्लेअफ’मा स्थान सुरक्षित गर्ने पहिलो टिम बन्न चाहन्थ्यो । प्लेअफ होडबाट बाहिरिएको चेन्नई भने यो सानदार जितले ८ अंकसहित सातौं स्थानमा पुग्न सफल भएको छ ।

 

सम्बन्धित् समाचार