गृहपृष्ठ खबर एकैदिन १७ जनाको मृत्यु, थपिए दुई हजार ३६४ कोरोना संक्रमित

एकैदिन १७ जनाको मृत्यु, थपिए दुई हजार ३६४ कोरोना संक्रमित

काठमाडौं : नेपालमा बिहीबार थप दुई हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार ३ सय ६४ जनामा संक्रमण भएको हो।

यो सँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या ३८ हजार ९ सय ५२ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा तीन हजार ३८ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख २४ हजार ८ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट बिहिबार १७ जनाले ज्यान गुमाएका छन्। यो सँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ।

सम्बन्धित् समाचार