गृहपृष्ठ खबर पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु

काठमाडौँ : कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ९३७ पुगेको छ ।

शनिबार थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै,२४ घण्टामा २ हजार २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ५८४ छ ।

सम्बन्धित् समाचार