काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना अलाभेससँग बराबरीमा रोकिएको छ। मेन्डिजोर्रोजा स्टेडियममा भएको खेलमा बार्सिलोना घरेलु टोलीसँग १-१ को बराबरीमा रोकिएको हो।
खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको ३१ औं मिनेटमा लुइस रिओजाले गोल गरेका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको अलभेस दोस्रो हाफमा १० खेलाडीमा सीमित भयो। खेलको ६२ औं मिनेटमा जोटा दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए। उता बार्सिलोनाका लागि एन्टोनी ग्रिजमनले ६३ औं मिनेटमा गोल गरेका थिए।
बराबरीमा रोकिएको बार्सिलोना ला लिगाका पछिल्ला ४ खेलमा जितबिहीन छ। यसअघि एल क्लासिकोमा पराजित बार्सिलोनाले त्यो अघि गेटाफेसँग पनि पराजित भएको थियो। त्यस्तै सेभियासँग बराबरी खेलेको थियो।
ला लिगाको अंकतालिकामा बार्सिलोना ६ खेलबाट ८ अंक जोड्दै तालिकाको तालिकाको १२ औं स्थानमा छ। गएराति नै भएको अर्को खेलमा जित निकालेको रियल मड्रिड १६ अंकसहित तालिकाको शीर्षस्थानमा छ।