गृहपृष्ठ खबर पछिल्लो २४ घण्टामा ३ हजार १५० निको, थपिए २ हजार ९३३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३ हजार १५० निको, थपिए २ हजार ९३३ कोरोना संक्रमित

काठमाडौं : देशभर पछिल्लो २४ घण्टाभित्र २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै अवधिमा ३ हजार १ सय ५० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको मन्त्रालयले जनाएको छ। यता कोरोनालाई जित्नेको संख्या पनि एक लाख ३७ हजार ९ सय ९२ पुगेको छ।

मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घन्टामा थप २४ जनाले ज्यान गुमाएका छन्। थप २४ को मृत्युसँगै नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या पनि ९ सय ८४ पुगेको छ।

सम्बन्धित् समाचार