गृहपृष्ठ खबर रुपन्देहीमा कोरोना संक्रमितको संख्या सात हजार नजिक पुग्यो

रुपन्देहीमा कोरोना संक्रमितको संख्या सात हजार नजिक पुग्यो

भैरहवा : बिहीबार रुपन्देहीमा १३२ जना कोभिड–१९ संक्रमित थपिएका सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ४१ पुगेको छ। बिहीबार साँझ ५ बजे सम्म रुपन्देहीका १० पालिकाका ६३ महिला र ६९ पुरुषमा संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

शाहका अनुसार बिहीबारसम्ममा सबैभन्दा बढी बुटवल उपमहानगरपालिका १८ महिला र २२ पुरुष गरी ४० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै तिलोत्तमा नगरपालिकाका ३२ जना, सिद्धार्थनगर नगरपालिकामा २५ जना, ओमसतियामा ११, सैनामैनामा ६, सियारी र शुद्धोधनमा ५–५ जना, देवदहमा ४, लुम्बिनी सांस्कृतिक र मायादेवीमा २–२ जनामा संक्रमण देखिएको छ।

संक्रमित मध्ये १ हजार ७ सय १२ जना उपचाररत छन्। ४ हजार ९ सय ५४ जना निको भएका छन् भने हाल सम्म ७५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

 

सम्बन्धित् समाचार