गृहपृष्ठ Featured लामो समयसम्म महायज्ञको बजेट पारदर्शी सार्वजनिक नहुँदा भलवाडका युवाहरु आक्रोशित

लामो समयसम्म महायज्ञको बजेट पारदर्शी सार्वजनिक नहुँदा भलवाडका युवाहरु आक्रोशित

 

 

लामो समयसम्म बजेट पारदर्शी सार्वजनिक नहुँदा भलवाडका युवाहरु आक्रोशित भएका छन् । विगत ३ वर्ष पहिले श्री शुद्धोधन माविमा इन्जिनियरिङ कलेज निर्माण गर्ने उद्देश्यले श्रीमद् भागवत महापुराण यज्ञ गरिए पनि अहिलेसम्म त्यो रकम सार्वजनिक हुन नसकेको भन्दै भलवाडका युवाहरु आक्रोशित भएका हुन् । ठूलो रकम दान गर्नु भएका दानवीरहरुसँगको रकम उठ्न नसकेको र कम रकम दान गर्नुभएका दानवीरहरुको रकम कति छ भन्ने कुरा सार्वजनिक नहुँदा युवा मात्रै नभएर भलवाडवासी नै आक्रोशित भएका छन् ।

महापुराणको अध्यक्षता दिपक थापाले गर्नुभएपनि उहाँले आजसम्म त्यो रकम सार्वजनिक गर्न किन ढिला गर्नुभयो प्रश्न खडा छ । यस्तै कार्यसमिति भित्र कुमार मधुबेल्बासे, रामप्यारी पौडेल, भुवन पौडेल, लालवहादुर खड्का लगायत रहनुभएको थियो । यता भलवाडका युवाहरुको आक्रोशपछि सम्बन्धित कार्यक्रमका अध्यक्ष थापाले तिहार पछि मात्रै पत्रकार सम्मेलन गरी बजेट सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित् समाचार