गृहपृष्ठ खबर पछिल्लो २४ घन्टामा मात्रै थप २२ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा मात्रै थप २२ कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २२ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनामुक्त भएर डिस्चार्ज हुनेमा ८ सय ५३ जना रहेका छन् ।

 

सम्बन्धित् समाचार