
कपिलवस्तु जिल्ला भरि लथालिङ्ग तरिकाले टाँगिएका तारहरुले जिल्लाको सुन्दरतामा कमि देखिएको छ । कपिलवस्तु जिल्लाको मुटुका रुपमा परिचित बाणगंगा नगरपालिका, बुद्धभुमि नगरपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, कृष्णनगर नगरपालिका लगाएत जिल्ला भरिका मुख्य बजारहरुमा जाथाभाबि तरिकाले टाँगिएका तार र पोलहरुले समंग्र जिल्लाको सुन्दरतामा दाग लगाएको हो ।
यसले कपिलवस्तु जिल्लाको सुन्दरता मात्र नभई विद्युत प्रधिकरणमा काम गर्ने कर्मचारीहरुमा दुघर्टना निम्त्याउन सक्ने अनुमान गरिएको छ ।
विद्युतमा सेकेन्ड, सेकेन्डमा समस्या आउछ तर यस्ता जहाँपायो त्यहिँ जाथाभाबि तरिकाले टाँगिएका तार र पोलहरुले गर्दा समस्या पत्ता लगाउन समय लाग्छ र समस्या थाहा भैसके पछि निजी इन्टरनेट कम्पनीहरूका तारहरुले अलझ्याउछ, कहिले सम्म यस्तो जोखिममा काम गर्ने तौलिहवा वितरण केन्द्र प्रमुख जय कुमार यादवले भने ।
इन्टरनेट सेवाप्रदाएक कम्पनिहरुमध्य जिल्लाका दुई वटा कम्पनि कपिलवस्तु ब्रोड ब्यण्ड नेट प्रा.लि.र बुद्ध केवलले मात्र नेपाल बिधुत प्राधिकरण तैलिहवामा निवेदन दिएका छन् । जिल्लामा संचालित अन्य कम्पनिहरुले नेपाल बिधुत प्राधिकरणसंग सम्झौतानै नगरि आफ्नो सेवा संचालन गरेका छन जसमा सुबिसु नेट प्रा.लि., वल्र्डलिकं इन्टरनेट, टेक माईन्ड नेट प्रा.लि. वेब नेट प्रा.लि. लगायतका दर्जनौ इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले कपिलवस्तु जिल्लाभर मनपरि ढंगले पोलमा तार लगायतका सामाग्री प्रयोग गरिरहेको भनी पटकपटक पोलको भाडा तिर्न सुचना जारी गर्दा समेत अटेर गरिरहेको उनले बताए ।
कपिलवस्तु जिल्ला भित्र रहेका नेपाल बिधुत प्राधिकरणका पोलहरूमा बिना अनुमति कुनै पनि सम्झौता नगरि प्रयोग गरेका तारहरु अब धमाधम काट्ने तौलिहवा वितरण केन्द्र प्रमुख जय कुमार यादवले चेतावनि दिए । उनले जिल्लाभरीका सबै नगरपालिका तथा गाँउपलिकाहरुलाई बिद्युत प्रधिकरणको अनुमति विनानै टाँगिएका तारहरु व्यवस्थापन गर्नका लागि पत्र काटिसकेको जानकारी दिए ।







