गृहपृष्ठ खबर गुट उपगुटलाई तोडदै नेपाल तरुणदल प्युठानको बैठक : उपाध्यक्षमा के.सी. र बस्याल मोनोनित

गुट उपगुटलाई तोडदै नेपाल तरुणदल प्युठानको बैठक : उपाध्यक्षमा के.सी. र बस्याल मोनोनित

प्युठान : नेपाल तरुणदल जिल्ला कार्यसमिति प्युठानको विस्तृत बैठक आज बिजुवारमा सम्पन भएको छ। नेपाली कांग्रेसभित्र रहेको गुट उपगुट रहित तरुणदल जिल्ला कार्यसमिति प्युठानले जिल्लाका नौ ओटै स्थानिय तहमा समिति जागरुक तथा पुनगठन गर्ने भएको छ।

पार्टि भित्र देखिएको गुट उपगुटलाई तोडदै नेपाली काङ्ग्रेस प्युठानलाई मजबुत र शक्तिशाली बनाउन दरुणदल एक जुट भएर लाग्नु पर्ने अहिलेको अबस्था भएको जिल्ला अध्यक्ष सनत श्रेष्ठले जानकारि गराउनु भयो। बैठकमा स्वर्गद्वारी गौमुखि यातयात सेबा प्रालि का अध्यक्ष सुनिल बस्नेतले दरुणदल प्युठान कुनै नेता र गुटको चाकडि नगरि अगाडि बढ्न र गुट उपगुटको राजनैतिक गरि प्युठान काङ्ग्रेसलाई थेतिलो गराउन खोज्ने कुनैपनि नेताको सपोर्ट नगरि बजबुत र शक्तिशाली तरुणदल भएर लाग्नुपर्ने बताउनु भयो।।

बैठकमा नेपाली काङ्ग्रेस प्युठानका उपसभापति बद्रि लम्साल तरुण बिभाग प्रमुख तथा जिल्ला संवमनय समितिका सदस्य माधब भन्डारिको उपस्थित रहेको थियो। उपाध्यक्षमा मनोनित दिपक के.सी. ले पार्टिभित्रको तिक्तता र कुनै नेताको पिछलग्गु नभई दरुणल शक्तिशाली बनाई कसैसंग नझुक्ने बताउनु भयो।

त्यस्तै अर्का उपाध्यक्ष कृष्ण बस्यालले बर्तमान सरकारले शक्ति र सत्ताको आडमा गरेका अनैतिक क्रियाकलापको भन्डाफोर गर्ने बताउनु भयो।त्यस्तै उहाले ज्यानको कुनै प्रवाह नगरि दरुण दललाई चलाएमान बनाउन लाग्ने बताउनु भयो। बैठकले आजै निम थापामगरलाई नेपालतरुणदल जिल्ला कार्यसमितिको सदस्यमा मनोनित गरेको छ।

सम्बन्धित् समाचार