गृहपृष्ठ खबर कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

काठमाडौँ : कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १३ संक्रमितको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ९ हजार ५ सय ३३ पीसीआर परीक्षणमा नेपालमा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।

 

सम्बन्धित् समाचार