गृहपृष्ठ Featured वाणगंगा ७ को व्याडमिण्टन कोट बन्यो डम्पिङ साइड, कपिलधाम र बौद्धविहारको सुन्दरता हरायो

वाणगंगा ७ को व्याडमिण्टन कोट बन्यो डम्पिङ साइड, कपिलधाम र बौद्धविहारको सुन्दरता हरायो

कपिलवस्तुको वाणगंगा नगरपालिकाले उचित फोहोर व्यवस्थापन गर्न नसकेका विषयमा तिव्र आलोचना भईरहेका बेला नगर अन्तर्गतका  वडाहरुमा पनि त्यस्तै समस्या देखा परेको छ ।

नगरपालकाको वडा नम्बर ७ र वडा नम्बर ९ स्थित सीमा क्षेत्रमा उचित स्थानमा फोहोर व्यवस्थापन हुन नसक्दा अहिले सडकमा यात्रा गर्नेहरु दुर्गन्ध सँग सामाना गर्न बाध्य छन् । दुई वडाको सीमा क्षेत्र स्थित कोईली नदीको किनारमा बनाईएको व्याडमिण्टन कोटमा अहिले फोहोरफाल्ने डम्पिङ साईड बनेको छ ।

घेरवा बनगाई देखि भलवाड हुँदै अर्घाखाँचीको डोहोँटे जोड्ने सो सडकको किनार स्थित व्याडमिण्टन कोटमा जथाभावि फालिएको फोहोरको व्यवस्थापनमा दुबै वडाले जागरुकता देखाउन नसकको स्थानियको भनाई छ । त्यस्तै वडा नम्बर ९ मा पर्ने कपिलआरोग्य मन्दिर कपिलधाम, साहित्य चौतारी र नवनिर्मित बौद्धविहारको प्रवेशद्धारको रुपमा रहेको स्थानमै फोहोर थुप्रिदा महत्व बोकेका स्थानको सुन्दरता समेत खोसिएको छ ।

यसैबिच कपिलआरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्यले बौद्धविहार समिति र वडा अध्यक्षलाई आफुले यस विषयमा जानकारी गराएको भन्दै सो स्थानमा फोहोर नफाल्न आग्रह गरिएको बताउनुभएको छ । सो स्थानमा फाँलिएको फोहोरको सम्बन्धित टोलविकास संस्थाको माध्यमबाट तत्काल सफाई गराउने बताएका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले एक साता बितिसक्दा  समेत फाहोर व्यवस्थापन गर्न सकेका छैनन् । त्यस्तै उनले स्थायी  रुपमा फोहोर डम्पिङ स्थल पनि बनाउने दावी पनि गरेका छन् । अहिले सडक छेवैमा विस्थापित गरिएको फोहोरका कारण दुर्गन्ध समेत फैलन थालिसकेको छ भने आर्थिक लगानि सहित निर्माण गरिएको व्याडमिण्टन कोट पनि डम्पिङ स्थलमा परिणत भएको छ ।

सम्बन्धित् समाचार