गृहपृष्ठ Featured तिलौराकोटको परिचय दिएर भाईरल भएका राहुल २४ दिन पछि भेटिए

तिलौराकोटको परिचय दिएर भाईरल भएका राहुल २४ दिन पछि भेटिए

प्रकाशित मिति:

कपिलवस्तुको धार्मिक पर्यटकीय स्थल तिलौराकोटको परिचय दिएर भाईरल भएका १३ बर्षिय राहुल शाहनी भेटिएका छन् । कपिलवस्तु नगरपालिका ३ घर भई हाल कपिलवस्तु नगरपालिका ६ तिलौरी बस्दै आएका राहुल २४ दिन पछि भेटिएका छन् ।

उनका छिमेकिले पारिवारिक काममा भारत गएको बेला भारत बाट भेटार ल्याएको र कपिलवस्तु प्रहरीलाई बुझाएको प्रहरिले जनाएको छ । २४ दिन पछि भेटिएका उनलाई कपिलवस्तु प्रहरीले स्वास्थ्य परिक्षण गरेर परिवारको जिम्मा लगाएको छ ।

१३ बर्षिय राहुल तौलिहवास्थित सिद्धार्थ बोर्डिङ स्कुल जाने क्रममा हराएका थिए । १३ बर्षिय राहुल शाहनी दुई बर्षअघि सिद्धार्थ गौतम बुद्धले २९ बर्ष विताएको तिलौराकोटको परिचय नेपाली र अङ्ग्रेजी दुबै माध्यमबाट दिई स्वदेशदेखि विदेशसम्म भाईरल भएका थिए ।

सम्बन्धित् समाचार