गृहपृष्ठ खबर सगरमाथाको उचाइ घोषणा गर्न मन्त्रिपरिषद्द्धारा स्वीकृति : कति होला नयाँ उचाइ ?

सगरमाथाको उचाइ घोषणा गर्न मन्त्रिपरिषद्द्धारा स्वीकृति : कति होला नयाँ उचाइ ?

काठमाडौं : बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न विभागीय मन्त्रालयलाई स्वीकृति दिएको छ। भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको हो। नेपालले गत वर्ष पहिलोपटक आफ्नै स्रोतसाधनको उपयोग गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको थियो। नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली उचाइ मापन पूरा गरेर गत वर्षको जेठ महिनामा काठमाडौं फर्किएको थियो।

उनीहरुले सगरमाथाको चुचुरोमा एक घण्टाभन्दा बढी समय बिताएर अध्ययन गरेका थिए। ुग्लोबल न्याभिगेसन स्याटालाइट सिस्टमु को प्रयोग गर्दै सगरमाथाको उचाइ लिने काम भएको थियो। ६ महिनामा नै उचाइ सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारणले उक्त कार्य ढिला हुँदै आएको थियो।

सगरमाथाको सकस१ पानी ढलोले छुट्याएको ‘चोमोलुङ्गमाुको सीमा
गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा नेपाल र चीनका राष्ट्राध्यक्षहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सहमति भएको थियो। दुवै राष्ट्राध्यक्षहरुले ुसगरमाथा नेपाल र चीनबीच मित्रताको प्रतीकु रहेको बताएका थिए।

सी नेपाल आउनुअघि नै नेपालले सगरमाथाको उचाइ मापन गरिसकेको थियो। चीनले भने कोरोना संक्रमणबीच यही वैशाखमा सगरमाथाको उचाइ नापेको थियो। त्यसैले संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ मापन गरेर संयुक्त रुपमा नै उचाइ घोषणा गर्ने सहमति भएकोले नेपालले गरेको अध्ययनको निष्कर्ष निकाल्न ढिला भएको एक अधिकारीले बताएका थिए।

किन रोकियो सगरमाथाको उचाई लिएर फर्किएको टोलीको प्रतिवेदन ?
मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै अब नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्ने बाटो खुलेको छ।

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने अनुमान गरिएको छ। चीनले भूकम्पअघि नै सगरमाथाको उचाइ घटेको दाबी गरेको थियो। तर, नेपालले भने सगरमाथाको उचाइ पहिलेझै ८ हजार ८४८ मिटर नै रहेको दाबी गर्दै आएको छ।

 

सम्बन्धित् समाचार