गृहपृष्ठ खबर कपिलवस्तुमा एक शिक्षकको कुटाईबाट विद्यार्थीको आखाँ नजिक चोट

कपिलवस्तुमा एक शिक्षकको कुटाईबाट विद्यार्थीको आखाँ नजिक चोट

कपिलवस्तु : कपिलवस्तुमा शिक्षकको कुटाईबाट एक विद्यार्थीको आँखा नजिक चोट लागेको छ । बिद्यालयमा पढाउने क्रममा बाहिरबाट ढिला आएको र नसोधी गएको निहुँ पारी कपिलवस्तु नगरपालिका ९ मा रहेको कनकमूनि माध्यमिक बिद्यालयका शिक्षक चन्द्रप्रकाश उपाध्यायले डेस्कमा टाउको ठोकाएर यातनादिदा चोट लागेको हो । सो घटनावाट ३ कक्षामा अध्ययनरत् ९ बर्षिय विद्यार्थी श्यामबिहारी बरईलाई चोट लागेको हो ।

विद्यार्थी बरईले आफ्ना आमाबुबा समक्ष आफ्नो नर्सरी कक्षामा पढ्ने भाईलाई शिक्षक नभएको बेला कापी किन्दिन गएको बताएका छन । कापि किनेर आउदा शिक्षकले पढाउनु भएको थियो ,केही कुरा नसोधी ढिला आएको भन्दै २ पटक बेन्चमा ठोक्काईदिएको बताएका छन । यता बालकका बुबा लक्ष्मी प्रसाद बरईले बिद्यालयमा शिक्षकले त्यसरी कुटपिट गर्दा पनि केही कारबाही नगरिदिएको भन्दै सञ्चारमाध्य सम्म न्याय दिलाउ माग गरेका छन ।

उनले बालकको दाया आखामा चोट लागेको र डाक्टरले आँखामा चश्मा लगाउनपर्ने सुझाब दिएको बताएका छन । मंसिर ९ गते उक्त घटना भएको थियो । कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने भन्दै बिद्यालयका प्रअ सम्म पुगेपनि बिद्यालयले घटनालाई खासै चासो नदिएको पीडित वालकका बुवाले बताएका छन ।

यता वडा अध्यक्ष शिब वाग्लेसमक्ष पनि उक्त घटनालाई जानकारी गराएपछि वडा अध्यक्षले निवेदन लेखेर दिए कारबाही प्रक्रिया अघि बढाउने बताउनुभएको छ । यदि बिद्यालयबाट कारबाही प्रक्रिया अघि नबढे अदालतमा गएर मुद्दा हाल्ने चेतवानी पीडित परिवारले दिएका छन ।

 

सम्बन्धित् समाचार