गृहपृष्ठ खबर २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ८ सय २२ कोरोना संक्रमित

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ८ सय २२ कोरोना संक्रमित

प्रकाशित मिति:

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३७९ महिला र ४४३ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा नेपालभर थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित् समाचार