गृहपृष्ठ खबर प्रधानमन्त्री ओलीको प्रतिवेदन तयार : भोलि सचिवालय बैठकमा पेस हुने

प्रधानमन्त्री ओलीको प्रतिवेदन तयार : भोलि सचिवालय बैठकमा पेस हुने

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा पेस गर्ने प्रतिवेदन तयार पारेका छन् । नेकपा सचिवालय बैठक शनिबार बस्दै छ । ओलीले आफूमाथि लागेका आरोपबारे लिखित जवाफसहित प्रतिवेदन तयार पारेका हुन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको गत २८ कात्तिकको बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

जारी विवाद सचिवालय बैठकबाट समाधान नभए दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा पेस हुने नेताहरूले बताएका छन् ।

गत सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही २८ मंसिरमा र केन्द्रीय कमिटीको बैठक २५ मंसिरमा बोलाउने निर्णय गरेको छ ।

सम्बन्धित् समाचार